गणतन्त्रका संवाहक शक्ति नसच्चिए दुर्घटना : अध्यक्ष थापा


काठमाडौ, राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूला भनिने नेताहरुले गरिरहेको राष्ट्रदोहन र नीतिगत भ्रष्टाचारमा भएको संलग्नताबारे तीव्र रोष प्रकट गरेका छन् ।

पूर्व राष्ट्रप्रमुख र पूर्वप्रधानमन्त्री नै आर्थिक सहायताको नाममा नीतिगत भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण भएको थापाको भनाइ छ ।

बुधबार काठमाडौंमा पार्टी आबद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राजाको मायाले नभई गणतन्त्रजस्तो भद्रगोल व्यवस्थाले गर्दा गणतन्त्रकै विकल्प खोजी गर्दै जनता सडकमा आउन बाध्य हुने तर्क गरे ।

थापाले मुलुकको अवस्था अत्यन्तै नाजुक भएको कारण देशको अवस्थाले गर्दा व्यवस्था परिवर्तन हुन सक्ने भन्दै गणतन्त्रका संवाहक हौँ भन्नेहरू नसच्चिए दुर्घटना अवश्यंभावी भएको दाबी गरे ।

ुगरिब जनता सिटामोल खान सक्ने अवस्थामा छैनन्, ठूला नेताहरु ब्रह्मलुटमा लिप्त छन्,ु थापाले थपे, ुयो दुर्घटनाको संकेत हो ।

भ्रष्टाचार, बेरोजगारी, कुशासन,धर्मपरिवर्तनले आक्रान्त जनता नांगो ब्रह्मलुटबाट आजित भएको उनले बताए ।

भ्रष्टाचार र संघीयताको भारले मुलुक कंगाल भएको भन्दै थापाले देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका प्रभावहीन बन्दै जानु व्यवस्था नै असफलउन्मुख हुनु भएको उनको टिप्पणी छ ।

उनले नेता,कार्यकर्तालाई अब सडक संघर्षका लागि तयारीमा लाग्न निर्देशन दिए । कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौलालगायत जनवर्गिय संगठनका अध्यक्षहरुले बोलेका थिए ।


प्रकाशित मिति : २०७९ फाल्गुन १७, बुधबार १९:१३

धेरै पढिएको

ताजा समाचार