डेरी उद्योग संघले बढायो दुग्ध पदार्थको उपभोक्ता मूल्य


काठमाडौं, बिहीबार देशभरका निजी डेरीहरुको संस्थाले दूधको मूल्य लिटरमै १४ रुपैयाँले बढाएका छन् ।

यस्तै पनिरको मूल्य किलोमा १४० रुपैयाँ र घिउको मूल्य लिटरमा २०० रुपैयाँले बढाएका छन् । दहीको मूल्य लिटरमा २५ रुपैयाँले बढेको डेरी उद्योग संघले जनाएको छ ।

एक साताअघि सरकारले किसानले पाउने दूधको मूल्य लिटरमा ९ रुपैयाँले वृद्धि गरेपछि निजी डेरीहरुले दुग्धजन्य पदार्थको मूल्यमा मनोमानी ढंगले वृद्धि गरेका हुन् ।

नयाँ मूल्य सूचीअनुसार प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर १०० रुपैयाँ पुगेको छ । यस्तै दही प्रति लिटर १९०, पनिर प्रतिकिलो ८४० र घिउ प्रतिकिलो १३ सय रुपैयाँ पुगेको छ ।

दूधको उपभोक्ता मूल्य शुक्रबारदेखि देशभर लागू हुने र अन्य दुग्ध पदार्थको मूल्य भने आइतबारदेखि कार्यान्वयनमा आउने डेरी उद्योग संघले जनाएको छ ।


प्रकाशित मिति : २०७९ फाल्गुन २६, शुक्रबार ०८:०२

धेरै पढिएको

ताजा समाचार