दाहालविरुद्धको मुद्दाको सुनुवाइ सकियो, केहीबेरमा आदेश आउने


काठमाडौं, प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालविरुद्धको रिटको सुनुवाइ सकिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा प्रधानमन्त्री दाहालविरुद्धको रिट सुनुवाइ सकिएपनि आदेश आउन बाँकी छ । आदेश आजै आउने बताइएको छ ।

३ वर्षअघि माघीका दिन काठमाडौंको टुँडिखेलमा जनयुद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएकाले फौजदारी अभियोगमा कारबाही गरिनुपर्ने मागसहित द्वन्द्वमा मारिएकाका आफन्तले उनीविरुद्ध दुईवटा रिट दर्ता गराएका थिए ।

दाहालविरुद्ध रामेछापका कल्याण बुढाथोकी, सुवास गिरीलगायत ८ जना र रामेछापकै ज्ञानेन्द्रराज आरणसहित १४ जनाले मुद्दा दायर गरेका थिए ।

 


प्रकाशित मिति : २०७९ फाल्गुन २६, शुक्रबार १३:४३

धेरै पढिएको

ताजा समाचार