निवेदकको माग बमोजिम दाहालविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार


काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्धको मुद्दामा निवेदकको माग बमोजिम सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

सर्वोच्च अदालतमा परेका दुईवटै रिटमाथि आजको सुनुवाइ सकिएपछि यस्तो आदेश दिएको हो।

सर्वोच्चले उक्त मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न भने प्रचण्डको नाममा आदेश जारी गरेको छ ।

सुनुवाइमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपानेलगायतले बहस गर्दै प्रधानमन्त्री दाहाल माथि व्यक्तिहत्यामा पक्राउको कारबाही चलाउन अदालतले आदेश दिनुपर्ने माग गरेका थिए।


प्रकाशित मिति : २०७९ फाल्गुन २६, शुक्रबार १६:५४

धेरै पढिएको

ताजा समाचार