जसपाबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका रामसहाय यादवविरुद्ध उजुरी दर्ता


काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दर्ता भएको छ ।

शनिबार दिउँसो सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा नेकपा (एमाले)का सांसद महेश बर्तौलाले यादवविरुद्ध उजुरी दिएका हुन् ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेका सांसद बर्तौलाले जसपाका उम्मेदवारविरुद्ध उजुरी दिए ।

निर्वाचन अधिकृतको कार्यालयले ६ बजेसम्म दाबी विरोधको सूचना दिने समय दिएको छ । उजुरीमाथि भोलि (आइतबार) १२ बजेसम्म छानबिन गर्ने समय छ ।


प्रकाशित मिति : २०७९ फाल्गुन २७, शनिबार १७:१६

धेरै पढिएको

ताजा समाचार