रामचन्द्र पौडेलले लिए राष्ट्रपतिको शपथग्रहण


काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

सोमबार दिउँसो राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् ।

यही फागुन २५ गते राष्ट्रपतिका लागि भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार ल्याएर मुलुकको तेस्रो राष्ट्रपति बनेका थिए ।


प्रकाशित मिति : २०७९ फाल्गुन २९, सोमबार १३:२६

धेरै पढिएको

ताजा समाचार