उपराष्ट्रपति निर्वाचनमा काँग्रैसले रामसहायलाई मतदान गर्ने


काठमाडौं, सत्ता साझेदार दल नेपाली कांग्रेसले उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामसहाय प्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । ‘गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्ने निर्णय भयो,’ उनले भने ।

रामसहाय १० दलीय गठबन्धनका साझा उम्मेदवार हुन् । गठबन्धनबाट जनमत पार्टीकी ममता झा पनि उम्मेदवारकै रूपमा छिन् ।

यस्तै एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।


प्रकाशित मिति : २०७९ चैत्र १, बुधबार १४:०७

धेरै पढिएको

ताजा समाचार