पत्रकार सम्मेलन गर्दै रास्वपाका तीन उम्मेदवार


काठमाडौ, आसन्न प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीनजना उम्मेदवारले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछन् ।

१० वैशाखमा हुने उपनिर्वाचनका लागि रास्वपाका चितवन–२ का उमेदवार रवि लामिछाने, तनहुँ–१ का उमेदवार स्वर्णिम वाग्ले र बारा–२ का उमेदवार रमेश खरेलले संयुक्तरूपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा अपराह्न ४ बजे हुने रास्वपाले जनाएको छ ।


प्रकाशित मिति : २०७९ चैत्र १८, शनिबार ०८:०७

धेरै पढिएको

ताजा समाचार