काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ ।
शिक्षण अस्पतालले दिएको जानकारी अनुसार राष्ट्रपति पौडेलको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
राष्ट्रपति पौडेलको अवस्था सामान्य नै रहेकाले धेरै समय अस्पताल राख्नु नपर्ने पनि चिकित्सकले जनाएका छन् ।
प्रकाशित मिति : २०७९ चैत्र १९, आईतवार ०८:५४