चितवन २ मा रवि लामिछानेले गराए उम्मेदवारी दर्ता


काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन २ मा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यतालिकाअनुसार निर्वाचन अधिकृतको कार्यालय पुगेका उनले आइतबार उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले दिउँसो १ बजे मनोनयनका लागि समय लिएका थिए । तर, तनहुँ १ जाने कार्यक्रम तय भएपछि उनले सबेरै दर्ता गराएका हुन् ।

रवि यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित हुन् । तर, नागरिकता प्रकरणबाट विकसित घटनाका कारण उनको सांसद पद खारेज भएको थियो । यसपछि उनी पुनस् निर्वाचन लड्न लागेका हुन् ।

उपनिर्वाचन वैशाख १० गते हुनेछ । चितवन २ सँगै बारा २ र तनहुँ १ मा सँगै निर्वाचन हुँदैछ ।


प्रकाशित मिति : २०७९ चैत्र २०, सोमबार ११:५१

धेरै पढिएको

ताजा समाचार