काठमाडौं, ललितपुरको कुपण्डोलमा रहेको एक गाडी सर्भिसिङ सेन्टरमा आगलागी हुँदा १३ वटा सवारीसाधन जलेर नष्ट भएका छन् ।
महिन्द्रा कम्पनीको गाडी सर्भिसिङ गर्ने ग्यारेजमा विहान भएको आगलागीबाट ७ वटा चारपांग्रे र ६ वटा दुई पांग्रे गाडी जलेर नष्ट भएका प्रहरीले जनाएको छ ।
विहान पौने ५ बजे लागेको आगो ४५ मिनेटपछि नियन्त्रणमा आएको थियो । क्षतिको पूर्ण विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ चैत्र २०, सोमबार ११:५६