जनकपुरधाम, धनुषा प्रहरीले अनलाइन ठगीको कारोबारमा संलग्न २३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट सोमबार साँझ पक्राउ गरेको हो ।
उनीहरुले पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको काम गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
पक्राउ पर्नेमा १४ पुरुष र ९ जना महिला रहेको डीएसपी गौतमले बताए ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान कार्य जारी रहेकाले विस्तृत विवरणपछि सार्वजनिक गरिने धनुषा प्रहरीले जनाएको छ ।