सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी, मुख्य प्राथमिकतामा ९ वटा विषय


काठमाडौं, सरकारको न्युनतम साझा कार्यक्रम आज विहीबार सार्वजनिक गर्ने तयारी भएको छ ।

गत मंगलबार बसेको गठबन्धनको बैठकमा कार्यदलले तयार पारेको कार्यक्रमको मस्यौदामाथि छलफल भएको थियो ।

यसपछि कार्यक्रममाथि काँटछाँट गर्ने काम भइरहेको कार्यदलका सदस्य नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।

कार्यदलमा लेखकका अतिरिक्त नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का नेता डा। विजय पौडेल छन् ।

यो कार्यदलले मंगलबार मस्यौदा शीर्षस्त नेतृत्वसमक्ष पेश गरेको थियो । कार्यक्रम सरकारमा सहभागी दलहरूको साझा प्रतिबद्धतापत्र भएको सदस्य लेखकले बताए ।

कार्यक्रममा गठबन्धन(सरकारले आफ्ना ९ वटा प्राथमिकताको विषय छनौट गरेको छ । १० पेजभन्दा लामो कार्यक्रममा सुशासन, वैदेशिक नीतिलगायतका विषयहरूमा लेखिएको छ।

‘सरकारमा किन रहने र रहँदा के/के गर्ने भन्ने कुराको प्रतिबद्धतापत्र हो कार्यक्रम,’ सदस्य लेखकले भनेका छन् ।

 


प्रकाशित मिति : २०७९ चैत्र २३, बिहीबार ०७:०३

धेरै पढिएको

ताजा समाचार