मोरङ, मोरङको ग्रामथान गाउँपालिका २ झोराहाटको श्री सरस्वति नमूना माध्यामिक विद्यालय परीक्षा केन्द्रपछि थप दुई विद्यालयबाट पनि एसईई दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
सार्वजनिक मावि केराबारीबाट १२७ र जनता मावि सुन्दर हरैचाबाट २० जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।
आज बिहान मात्रै सरस्वति माविबाट ५२ नक्कली परीक्षार्थी पक्राउ परेका थिए।
प्रकाशित मिति : २०७९ चैत्र २३, बिहीबार १५:५५