भोलिदेखि उपचुनाव हुने चितवन, बारा र तनहूँमा निर्वाचन आचार संहिता लागू हुने


काठमाडौं, उपनिर्वाचन हुने तीन जिल्लामा भोलि शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ ।

निर्वाचन आयोगले चितवन, बारा र तनहुँमा मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका सदस्यलगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

चितवन क्षेत्र नम्बर २, बारा –२ र तनहुँ– १ मा १० वैशाखमा उपचुनाव हुँदैछ ।


प्रकाशित मिति : २०७९ चैत्र २३, बिहीबार १६:०२

धेरै पढिएको

ताजा समाचार