राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको आरोप


काठमाडौं, पछिल्लो समय राजा ल्याउने तथा बैंक ब्याज र लघुवित्त विरुद्ध आन्दोलन गर्दै हिँडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक माग गरेको अडिओ बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ विवादमा परेका छन्।

उनलाई निलम्बन गर्न लागेको पार्टीले जनाएको छ। पोखराका सहकारी अभियन्ता भन्ने श्रेष्ठले सहकारीको पैसासमेत अपचलन गरेको आरोप खेप्दै आएका थिए।

अडिओ बाहिरिएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गर्न लागेको हो। श्रेष्ठले प्रसाईंसँग २ करोड रुपैंया मागेको आरोप छ, यद्यपि आरोप पुष्टि हुन भने बाँकी छ।

अडिओ बाहिरिएको विषयमा निलम्बन गर्न छानबिन समिति बनाइएको र प्रतिवेदन आउन बाँकी रहेको, तर पार्टीले निलम्बन भने गरिसकेको स्रोतको दाबी छ। गण्डकी प्रदेशका नेता श्रेष्ठ समानुपातिक सांसद हुन्।

पार्टीले निलम्बन गरेपपछि अब उनको सांसद पद पनि निलम्बन हुन सक्छ। तर, रास्वपाले बनाएको छानबिन समितिले प्रतिवेदन बुझाएपछि सो प्रक्रिया सुरु गर्ने पार्टी स्रोतको भनाइ छ।

उनीहरू बीचको संवाद पहिलो मन्त्रीमन्डल बन्नु अगाडिको जस्तो देखिन्छ। उनले संवादमा स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई रकम बुझाउनुपर्ने बताएका छन् । अढाई करोड रुपैयाँ मागिएको तर आफूसँग पैसा नभएको भन्दै सहयोग मागेको देखिन्छ।

‘आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि,’ फोनवार्तामा भनिएको छ, ‘साढे दुई भनेका छन्, तर एक दियो भने पनि मान्छन् होला।’

तर, प्रसाईले ‘म दुई करोड दिन्छु, ग्यारेन्टी भयो, भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले’ भनेको सुनिन्छ।

यो पैसा रविलाई नै बुझाउनुपर्ने त होला नि रु भनेर सोधिएको पनि छ। जवाफमा श्रेष्ठले ‘रवि सर देखापर्नुभएको छैन’ भनेका छन् ।

तर सांसद ढाकारामले भने आफुले दुर्गा प्रसाई भन्ने ब्यक्ति नै नचिन्ने भन्दै पार्टीका नेताहरुलाई त्यो अडियो नै क्यारिकेचर मार्फत अरुले तयार पारेको हुनसक्ने जिकीर गरेको स्रोतको भनाई छ।


प्रकाशित मिति : २०७९ चैत्र २६, आईतवार १४:५५

धेरै पढिएको

ताजा समाचार