एमालेनिकट अनेम संघको अध्यक्षमा टुका हमाल चयन


काठमाडौ, नेकपा एमालेनिकट महिला भ्रातृ संगठन अखिल नेपाल महिला संघको अध्यक्षमा टुका हमाल चयन भएकी छन् ।

२५ पुसदेखि सुरु भएको सातौँ राष्ट्रिय महाधिवेशनले हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यस्तै, उपाध्यक्षमा मेनुका काफ्ले, मेनका पोखरेल, रूकमणी राना, सुमित्रा वि.सी, शर्मिला कार्की र विमला राई पौडेल चयन भएका छन् ।

महासचिवमा पेम्बा लामा र उपमहासचिवमा शान्ति अधिकारी चयन भएका एमाले नेतृ दीपा शर्माले जानकारी दिइन् ।

सचिवहरूमा विणा राई, बीना साह, शारदा कुमाल, नरदेवी पुन, बीना ज्ञवाली, मीना रखाल र आशा बिक चयन भए । महिला संघको कोषाध्यक्षमा इन्दिरा फुयाँल चयन भएकी छन् ।

निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्यको टुंगो आज लाग्नेछ ।


प्रकाशित मिति : २०७९ चैत्र २७, सोमबार ०९:११

धेरै पढिएको

ताजा समाचार