मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा हेटौडा उमनपा वडा नं ३ स्थित सरस्वती पट्रोल पम्प अगाडि नेवारपानीबाट म्यागजिन सहितको पेस्तोल १ थान बरामद गेको छ ।
हेटौडा बजार आउंदै गरेको हेउमनपावडा नं १२ पदमपोखरी बस्ने बर्ष ४४ को सुमन भन्ने सुरेश घलानलाई यिन्त्रणमा लिएको हो ।
शंका लागी निजको शरीर तथा निजले बोकेको झोला चेकजांच गर्दा उक्त झोला भित्र मेड इन यूएसए लेखेको लेखेको म्यागजिन सहितको पेस्तोल १ थान फेला परेको प्रहरीले जनाएको छ ।
पेस्तोल सहित निज सुमन भन्ने घलानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइ रहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : २०७९ चैत्र २७, सोमबार १२:३३