टीआरसी बिधेयक सर्वस्वीकार्य बनाउने सहमति गर्दै सकियो सभामुख र प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक


काठमाडौ, बालुवाटारस्थित सभामुख निवासमा बसेको प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सकिएको छ ।

बैठकमा संक्रमणकालीन न्याय निरूपण (टीआरसी) लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउनेबारे सहमति भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।

यसका विषय र प्रक्रियाका बारेमा पुनः छलफल गर्नेगरी नेताहरू उठेका छन् । संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्वका बारेमा पनि बैठकमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी थिए ।

महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडालले पनि बैठकमा भाग लिएका थिए । अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।


प्रकाशित मिति : २०७९ चैत्र २८, मंगलवार ११:३४

धेरै पढिएको

ताजा समाचार