सिन्धुलीको कमलामाईमा भारतीय कार दुर्घटना हुँदा चारजनाको मृत्यु


सिन्धुली, सिन्धुलीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जिल्लाको कमलामाई नगरपालिका–३ मा कार दुर्घटना हुँदा तीनको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको हो ।

बीपी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेको बी आर डीडी ०६८७ नम्बरको कार गएराति साढे १२ बजे कमलामाईस्थित गढी गेट नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिए ।

कार करिब ५०० मिटर तल खसेको थियो । मृत्यु भएकाको सनाखत हुन बाँकी छ । कारमा पाँचजना सवार थिए । अहिले मृतकको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति : २०७९ चैत्र २९, बुधबार ०७:४०

धेरै पढिएको

ताजा समाचार