रास्वपा केन्द्रीय समिति बैठक बस्दै, २ करोडको अडियो काण्डबारे छलफल हुने


काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक विहान ९ बजेपछि केन्द्रीय कार्यालय बसुन्धरामा बस्नेगरी बोलाइएको छ।

बैठकले २ करोड रुपैयाँ घुस काण्डमा जोडिएका सांसद ढाकाकुमार श्रेष्ठमाथि कारबाहीबारे छलफल र निर्णय गर्नेछ ।

पार्टीबाट समानुपातिकतर्फ सांसद रहेका ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच कुराकानीको अडिओ सार्वजनिक भएपछि रास्वपाले अनुशासन समितिमार्फत् छानबिन गरिरहेको छ।

श्रेष्ठलाई सांसद र पार्टीका जिम्मेवारीबाट निलम्बन गरेर रास्वपाले छानबिन गरिरहेको हो। श्रेष्ठसँग रास्वपाको अनुशासन समितिले अडिओ प्रकरणबारे मंगलबार बयानसमेत लिइसकेको छ।

मेडिकल व्यवसायी प्रसाईसँग २ करोड रुपैयाँ मागेको अडिओ आफ्नो नभएको दाबी बयानका क्रममा श्रेष्ठले गरेका छन्। उनले अडिओ एडिट गरिएको दाबीसमेत गरेका थिए।


प्रकाशित मिति : २०७९ चैत्र २९, बुधबार ०८:०६

धेरै पढिएको

ताजा समाचार