काठमाडौं, काठमाडौं उपत्यका विश्वको सातौँ प्रदुषित सहर बनेको छ । विश्वभरको प्रदुषण सुचकांकमा चीनको हेन्जाउ सहर पहिलो स्थानमा छ भने काठमाडौं सातौँ स्थानमा छ ।
काठमाडौंको वातावरण स्वास्थ्यको लागि घातक मानिएको छ । देशका धेरै ठाउँमा आगलागी र डढेलोका घटना बढेकाले प्रदूषण बढेको छ ।
यस्तै, गाडीबाट निस्कएको धुवाँका कारण वातावरण प्रदूषित भएको छ । केही दिनदेखि पानी नपरेकाले प्रदूषण वामण्डलमा थुप्रिएर बस्दा तुवाँलो लागेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।
उनका अनुसार एक दुई दिन अझै पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने अनुमान छ ।
प्रकाशित मिति : २०७९ चैत्र २९, बुधबार ०८:४२