काठमाडौ, अडियो टेप प्रकरणमा मुछिएका सांसद डा. ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।
डा. श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगको २ करोड घुसको अडियो सार्वजनिक भएको थियो ।
रास्वपाको सो निर्णयसँगै श्रेष्ठको सांसद पद समेत गएको छ । यसअघि रास्वपाको अनुशासन समितिले कारबाहीको सिफारिस गरेको थियो ।
त्यसलाई बैठकले अनुमोदन गर्दै श्रेष्ठलाई साधारण सदस्य र सांसद नरहेन गरी कारबाही गरेको छ । यता, सौसद श्रेष्ठले भने पत्रकार सम्मेलन गरेर आफू निर्दोष रहेको र अदालतबाट क्लिनचिट पाएर आउने दाबी गरेका छन् ।
आफ्नो कारणले पार्टीलाई हानि नपुर्याउन हाग्रह गर्दै उनले उपनिर्वाचनमा तीनै क्षेत्रमा रास्वपालाई विजयी गराउन पनि आग्रह गरेका छन् ।