काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
आइतबार दिउँसो राष्ट्रपति कार्यालयमा राष्ट्रपति समक्ष नव नियुक्त परराष्ट्रमन्त्री साउदले शपथ ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सांसद साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका थिए ।
साउद कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । उनी नेपाल विद्यार्थी सङ्घको पूर्वअध्यक्ष एवम् पूर्वमन्त्री पनि हुन् ।
कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका साउद प्रभावशाली नेताका रूपमा चिनिन्छन् । उनी नेपाली राजनीतिमा एनपी साउदको नामले परिचित छन् ।