उपत्यकाको तुवाँलो आगामी तीन दिनसम्म रहने


काठमाडौँ, हाल नेपालमा उच्च चापीय प्रणालीको प्रभाव रहेको छ र उक्त प्रणालीको प्रभाव अझै केही दिन वायुमण्डल स्थिर रहने देखिन्छ ।

साथै नेपालमा लामो समय देखि वर्षाका गतिविधिमा पनि कमी आएको हुनाले डढेलोका घटनाहरू पनि बढेको देखिन्छ।

यसको परिणाम स्वरूप उपत्यका लगायत देशका धेरै भू-भागहरूमा तुवाँलो समेत लाग्ने गरेको र सो क्रम अझै आगामी तीन दिनसम्म पनि जारी रहने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया मौसम सफा रहने छ।

देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी पहाडी भू-भागका एक/दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा/हुरीको सम्भावना रहेको छ ।


प्रकाशित मिति : २०८० बैशाख ४, सोमबार ०८:४०

धेरै पढिएको

ताजा समाचार