प्रधानमन्त्री दाहाल गोरखा जाँदै, तनहुँ पुगेर चुनावी सभालाई पनि सम्बोधन गर्ने


काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल आज गोरखा र तनहुँ जिल्ला जाँदै छन् । दुई वटा जिल्लाका कार्यक्रम सम्पन्न गर्नको लागि उनि विहान ९ बजे हेलिकप्टरमार्फत जान लागेका हुन् ।

गोरखामा दाहालले केहि औपचारिक र केही अनौपचारिक कार्यक्रममा सहभागि हुनेछन् । प्रतिनिधिसभामा गोरखाबाट निर्वाचित दाहालले पार्टीका नेता कार्यकर्तालाई भेट्नेछन् ।

यस्तै, केहि विकास निर्माणसँग सम्बन्धित कामको बारेमा पनि उनले छलफल गर्ने कार्यक्रम रहेको छ ।

गोरखाका कार्यक्रम सम्पन्न गरेर दाहाल तनहुँ जानेछन् । उनले तनहुँमा गठबन्धनका उम्मेदवार गोविन्द् भट्टराईको पक्षमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।


प्रकाशित मिति : २०८० बैशाख ६, बुधबार ०८:०३

धेरै पढिएको

ताजा समाचार