पाँच वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


काठमाडौ, सरकारले आज पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो ।

मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई अनुरोध गरेको छ । आज खान छुटेकालाई भोलि खुवाउन सकिनेछ ।

दुई दिने अभियानमा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने छ । यस्तै, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।


प्रकाशित मिति : २०८० बैशाख ६, बुधबार ०९:१५

धेरै पढिएको

ताजा समाचार