राष्ट्रपति पौडेललाई थप उपचारका लागि लगियो भारत


काठमाडौं, स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिएको छ। श्री एअरलाइन्सको एयर एम्बुलेन्सबाट उनलाई भारत लगिएको हो ।

राष्ट्रपति पौडेललाई ३ दिनदेखि पेटको समस्या देखिएको थियो।राष्ट्रपति पौडेललाई बिदा गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद र भारतीय राजदूत नवीन श्रीवास्तव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

पौडेलको उपचार नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स( अस्पतालमा हुनेछ । पौडेलले त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेको भए पनि परिवारको आग्रहमा उनलाई थप उपचारका लागि भारत लगिएको हो।


प्रकाशित मिति : २०८० बैशाख ६, बुधबार १२:५६

धेरै पढिएको

ताजा समाचार