काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच भेट भएको छ ।
शुक्रबार प्रधानमन्त्रीको सिंहदरबारस्थित कार्यकक्षमा भएको दाहाल र ओलीबीचको भेटमा संवैधानिक नियुक्ति र संवैधानिक परिषद् बैठकबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
प्रधानन्यायाधीश नियुक्तिका लागि बुधबार संवैधानिक परिषदको बैठक बसेको थियो । सो बैठकमा प्रधानन्याधीशको नाम सिफारिस गर्नेबारे सहमति हुन सकेको थिएन ।
परिषदको अर्को बैठक बस्नुअघि प्रधानमन्त्री दाहालले ओलीसँग एक्लै छलफल गरेका हुन् ।
प्रकाशित मिति : २०८० बैशाख ८, शुक्रबार १३:०७