गठबन्धनबाटै गोविन्दलाई धोका, स्वर्णिमलाई दोब्बरको अग्रता


तनहूँ, प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को मतगणनामा शुरुमै अप्रत्याशित नतिजा देखिएको छ।

पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार डा। स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढीको अग्रता लिएका छन्। १२ हजार ७ सय मत गणना हुँदा वाग्लेले ६ हजार ७ सय ४५ मत पाएका छन।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले तीन हजार १ सय २३ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले एक हजार ९ सय ४२ मत पाएका छन्।

मतगणना भैसकेका क्षेत्र भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिकाबाटै गठबन्धनका उम्मेदवार भट्टराईलाई मत कम गएको छ।
गएको स्थानिय निर्वाचनमा आँबुखैरेनी गाउँपालिका माओवादीले जितेको हो। यहाँ माओवादी गण्डकीका संसदीय दलका नेता हरिबहादुर चुमानको छोरा गाउँपालिका प्रमुख छन्।

चुमानले यहिँको मत देखाएर गण्डकीको मुख्यमन्त्री दावी गर्दै आएका थिए। तर,यहाँको गठबन्धनकै मत स्वर्णिम वाग्लेलाई गएको देखिन्छ।

गता भानु नपामा कांग्रेसको मत बलियो छ। त्यसपछी एमाले र माओवादीको मत छ। यहाँ एकीकृत समाजवादीको मत पनि राम्रै थियो। तर,यहाँबाट पनि वाग्लेले गठबन्धनको मत लगेका छन् भने एमालेको मत समेत उनलाई गएको देखिन्छ।

तनहुँ क्षेत्र नं. १ को मतगणना मध्यरातिदेखि सुरु भएको थियो। सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन्। यहाँ बजार क्षेत्र र देवघाट गाउँपालिकाको मत निर्णायक हुनसक्छ।

 


प्रकाशित मिति : २०८० बैशाख ११, सोमबार ०७:४०

धेरै पढिएको

ताजा समाचार