बारामा सर्वदलीय बैठक बस्दै, बैठकपछि मत गणना हुने


बारा, बारा–२ मा मत गणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मत गणना सुरु गर्ने वातावरण तयार गर्न दलहरूलाई आह्वान गरेकाछन्।

गएराती देखि नै सिसिटिभीको निगरानीमा सुरक्षासहित राजनीतिक दलका प्रतिनिधिहरूलाई बस्ने गरी ठुलो कोठाको व्यवस्था मिलाइसकेको छ।

निर्वाचनमा सहभागी जनाएका ३४ जना उम्मेदवार बिच सहमति जुटाइएपछि मत गणना सुरु हुनेछ।

बारामा ६८ हजार ८८७ मत खसेको छ । जिल्लाको ६ वटा स्थानीय तहमा गरी ३७ हजार ६४ पुरुष र ३१ हजार ८२३ महिला रहेका छन् ।


प्रकाशित मिति : २०८० बैशाख ११, सोमबार ०७:४४

धेरै पढिएको

ताजा समाचार