चितवन-२ मा रवि लामिछाने विजयी, प्रतिद्वन्दीभन्दा पाँच गुणा बढी मत


चितवन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट प्रतिनिधिसभामा पुनस् निर्वाचित भएका छन्।

गत मंसिर ४ मा चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलापछि सांसद पद गुमेसँगै यहाँ उपनिर्वाचन भएको हो।

लामिछाने ‍‍‍५४ हजार २७६ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । यस्तै एमालेका रामप्रसाद न्यौपाने तेस्रो स्थानमा रहे । उनले १० हजार ९३५ मत मात्रै पाए।

गत मंसिर ४ को निर्वाचनमा प्रतिद्वन्द्वीभन्दा तेब्बर बढी मतले जितेका लामिछानेले यसपटक त्यो मतान्तरलाई पाँच गुणा बनाउन सफल भए।

मंसिरमा उनले ४९ हजार ३ सय र निकटतम प्रतिस्पर्धीले १४ हजार ९८८ मत ल्याएका थिए।

रविको जितपछि उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेले निर्वाचनमा मतदाता नै निर्णायक हुने भन्दै हारजितलाई सहजरूपमा लिने बताएका छन् ।


प्रकाशित मिति : २०८० बैशाख १२, मंगलवार १३:०९

धेरै पढिएको

ताजा समाचार