उपेन्द्र यादव ५ हजार भन्दा धेरै मतान्तरले विजयी, एमाले तेस्रो र घन्टी चौथो स्थानमा


बारा, उपनिर्वाचन अन्तर्गत बाराको क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् ।

हिजो मंगलबार अर्का प्रतिष्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले मतान्तर घटाएर २६ मा झारेपनि रातभरको गणनामा यादव ५ हजार ८१ मतले विजयी भएका हुन् ।

यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहले २३ हजार ३ सय ३४ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ८ सय २९ मत ल्याएका छन् ।

चितवन २ मा राष्ट्रिय स्वतनन्त्र पार्टीका रवि लामिछाने र तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै स्वर्णिम वाग्लेले शानदार जीत निकाल्दा बारामा भने रमेश खरेल चौथो स्थानमा छन् ।

आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् ।


प्रकाशित मिति : २०८० बैशाख १३, बुधबार ०८:१९

धेरै पढिएको

ताजा समाचार