न्यूनतम साझा कार्यक्रम सार्वजनिकको तयारी, आज बैठक बस्दै


साझा न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलको बैठक आज बस्दैछ । सत्ता साझेदार दलले केही दिनभित्रै सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

त्यसका लागि आज कार्यदलको बैठक बस्न लागेको हो । कार्यदलले कार्यक्रमको खाका सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

एमालेका उपाध्यक्षसमेत रहनुभएका अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम चरणमा पुर्याएको दावी गरेको छ ।

उक्त समितिमा माओवादीका तर्फबाट वर्षामान पुन, राप्रपाबाट डाक्टर धवलशम्शेर जबरा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डाक्टर मुकुल ढकाल सदस्य रहनुभएको छ ।


प्रकाशित मिति : २०७९ पुष २०, बुधबार ०४:०६

धेरै पढिएको

ताजा समाचार