नेपाल विज्ञापन संघ आनको २३ औं साधारण सभा, नेपालका प्रतिष्ठित अन्तराष्ट्रिय र राष्ट्रिय कम्पनीलाई सम्मान, नेपालका प्रतिष्ठित अन्तराष्ट्रिय र राष्ट्रिय कम्पनीलाई सम्मान


नेपाल विज्ञापन संघको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलवार ्याडिसन होटेल काठमाडौंमा अध्यक्ष आनका अध्यक्ष सोमप्रसाद धितालको अध्यक्षता, सञ्चार तथा सूचना प्रविधि सचिव डा. बैकुण्ठ अर्यालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । बिहान बन्द सत्रबाट सुरु भएको साधारण सभा लगत्तै विज्ञापन उद्देश्य उपलव्धि र अपेक्षा विज्ञापन साझा जिम्मेवारीको बारेमा अन्तरक्रिया गरिएको थियो । जसको पहिलो सत्रको सहजिकरण अध्यक्ष सोम प्रसाद धिताल र प्यानलिष्ट विज्ञापन बोर्डको अध्यक्ष लक्ष्मण हुमागाई र दोश्रो सत्रको सहजिकरण आनका सल्लाहकार रन्जितराज आर्चाय र प्यानलिष्टहरुमा मिडिया सोसाइटिका अध्यक्ष शुभ संकर कडेल, मिडिया एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार,नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र सञ्चार तथा सुचना प्रविधि मन्त्रालय का सचिव डा बैकुण्ठ अर्याल प्यानलिष्ट रहेका थिए ।
उक्त कार्यक्रमकम सघंका सदस्य एजेन्सीहरुबाट विज्ञापन उद्योग ऐन नियम कार्यविधि आचार संहिताको बारेमा विभिन्न जिज्ञाशा र प्रश्नहरु राखेका थिए । उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अतिथिहरुमा संघका पूर्व अध्यक्षहरु तथा पदाधिकारिहरु, विज्ञापन बोर्डका प्रतिनिधिहरु र विभिन्न संघ संस्था, सरकारी निकायको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता गर्दै अध्यक्ष धितालले विज्ञापन क्षेत्रमा रहेका यावत समस्याहरुको वारेमा सभालाई जानकारी गराउदै मन्त्रिलाई समस्या समाधानमा विशेष पहल गरिदिन अनुरोध गरे । संघका पूर्व अध्यक्ष भाष्करराज राजकर्णिकारले विज्ञापन व्यवसाय सम्बन्धी समस्या, चुनौति र समाधानको विषयमा उजागर गरे । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइले बोर्डबाट काम भैरहेको र धैर्य गर्न आग्रह गरे ।
कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन निति आवश्यक रहेको बताए । सञ्चार तथा सूचना प्रविधि सचिव डा. बैकुण्ठ अर्यालले यस क्षेत्रका समस्याहरु लिखित रुपमा जानकारी गराउन अनुरोध गर्दै बजार अनुसन्धान गर्न आबश्यक रहेको बताए । उदघाट्न शत्रको समापन गर्दे अध्यक्ष धितालले विज्ञापन बोर्डले विज्ञापन उद्योगको बिकासमा जोड्दार माग गरे । साथै आनले सम्मान कार्यक्रम आरम्भ गरेको र सम्मान कार्यक्रममा नपरेका भएपनि सबै उद्यागी व्यवसायीको ठुलो योगदान रहेको बताए ।
करिव दुई घण्टा चलेको उद्घाटन सत्रमा नेपालका प्रतिष्ठित अन्तराष्ट्रिय र राष्ट्रिय कम्पनिहरुलाई विज्ञापन क्षेत्रमा निरन्तर पु्याएको योगदानको कदर गर्दै विज्ञापनदातातर्फ चौधरी ग्रुप, एनसेल आजिएटा, डावर नेपाल, बोटलर्स नेपाल लिमिटेड (कोकाकोला), शंकर ग्रुप, जाउलाखेल गु्रप अफ इन्डष्ट्रिज, एनआइसि एसिया बैक लिमिटेड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञापन एजेन्सीतर्फ मेकवेज, आउटरिच नेपाल, थम्पसन नेपाललाई कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि सचिव डा. बैकुण्ठ अर्याल, उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र संघका अध्यक्ष धितालबाट संयुक्त रुपमा सम्मानित सस्थाका प्रतिनिधिहरुलाई अर्वाडसबाट सम्मान गरिएको थियो ।


प्रकाशित मिति : २०७९ पुष २०, बुधबार ०८:४६

धेरै पढिएको

ताजा समाचार