उपरथी शाहीमाथि छानबिन हुँदै, प्रधानसेनापति शर्माले गरे कोर्ट अफ इन्क्वाइरी गठन


काठमाडौं, सेनाका उपरथी प्रेमप्रकाश शाहीमाथि छानबिन गर्न कोर्ट अफ इन्क्वाइरी गठन गरिएको छ ।

प्रधान सेनापति प्रभुराम शर्माले उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा कोर्ट अर्फ इन्क्वाइरी गठन गरिएको नेपाली सेनाका एक उच्च अधिकारीले बताए ।

इक्वाइरी टिमका संयोजक श्रेष्ठ सेनामा प्रेम शाही भन्दा जुनियर हुन् ।

पुस १९ मा शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो । शाहीलाई अहिले भद्रकालीस्थित सैनिक प्रहरी गणको हिरासतमा राखिएको छ ।

बुढानीलकण्ठ नगरपालिकास्थित चपलीमा रहेको उनको घरमा सेनाले पुस २१ मा छापा मारेको थियो ।


प्रकाशित मिति : २०७९ पुष २४, आईतवार ०६:५६

धेरै पढिएको

ताजा समाचार