विश्वासको मत दिन माधव र उपेन्द्रले राखे दाहालसँग शर्त


काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचको छलफल सकिएको छ । सिंहदरवारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भएको तीन नेताको छलफलमा प्रधानमन्त्री दाहालले अफुलाई विश्वासको मत दिन आग्रह गरेका थिए । प्रधानमन्त्री दाहालले मंसिर २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । तीन नेताबीचको छलफलमा प्रधानमन्त्री दाहालले २६ गते विश्वासको मत दिन र सरकारमासमेत सहभागी हुन नेपाल र यादवलाई गरेको आग्रहमा दुवै नेताले विश्वको मत दिन सकारात्मक रहेको तर केही शर्त पुरा गर्नुपर्ने प्रस्ताव गरेको श्रोतले जनाएको छ । नेपाल र यादवले के शर्त राखेका थिए भन्ने खुलिसकेको छैन ।


प्रकाशित मिति : २०७९ पुष २४, आईतवार ०७:०६

धेरै पढिएको

ताजा समाचार