सत्ता साझेदार दलमा मुख्यमन्त्री र सभामुख भागवण्डा, ४ प्रदेशमा एकल, ३ मा आलोपालो गर्ने


काठमाडौं । सत्ता साझेदार दलहरुबीच सातै प्रदेशको मुख्यमन्त्रीको नेतृत्व बाँडफाँट भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा यस्तो सहमति भएको हो । चार वटा प्रदेशमा एकल दलको नेतृत्वमा ५ वर्ष सरकार चलाउने र तीन वटा प्रदेशमा भने आलोपालो प्रणालीमा सरकार चलाउने सहमति भएको छ । उक्त सहमति अनुसार प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशको सरकारको नेतृत्व ५ वर्ष एमालेले गर्ने सहमति भएको छ भने कर्णाली प्रदेशको सरकार भने ५ वर्ष माओवादी केन्द्रको नेतृत्वमा चल्नेछ । बाग्मती र सुदूरपश्चिमा एमाले र माओवादीबीच आलापालो गरिने भएको छ । जसअनुसार बागमतीमा पहिलो पटक माओवादीले नेतृत्व गर्नेछ भने सभामुख राप्रपाले पाउनेछ । एमालेले उपसभामुख लिने सहमति भएको छ । सुदूरपश्चिममा पहिलो पटक एमालेले नेतृत्व गर्नेछ भने माओवादीले सभामुख लिने छ । मुख्यमन्त्री दाबी गरेको नागरिक उन्मुक्ति पार्टीलाई उपसभामुख लिन प्रस्ताव गरिएको थियो । सुदूरपश्चिम र वागमतीमा आलोपालो मुख्यमन्त्रीको नेतृत्व एमाले र माओवादीले गर्ने भएका छन् । सुदूरपश्चिममा पहिले एमालेले नेतृत्व गर्ने भएको छ । यस्तो छ भागवण्डा मुख्यमन्त्री प्रदेश १ – एमाले मधेश-जनता समाजवादी र जनमत पार्टी आलोपालो बाग्मती – माओवादी केन्द्र र एमालेले पालैपालो गण्डकी र लुम्बिनी – एमाले कर्णाली – माओवादी केन्द्र सुदूरपश्चिम – एमाले र माओवादी आलोपालो । सभामुख मधेस, कर्णाली – एमाले सभामुख प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम – माओवादी बाग्मती – राष्ट्रिय प्रजातन्त्र पार्टी उपसभामुख प्रदेश १ र गण्डकी-एमाले बागमती र कर्णाली-माओवादी लुम्बिनी-राप्रपा मधेश प्रदेश-जनमत पार्टी सुदूरपश्चिम- नागरिक उन्मुक्तिलाई प्रस्ताव


प्रकाशित मिति : २०७९ पुष २५, सोमबार ०२:३४

धेरै पढिएको

ताजा समाचार