सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनको सुदृढीकरण हुनुपर्छ : सभापति देउवा


काठमाडौं, नेपाली कांग्रेसका सभापति एवम् पूर्व संसदीय दलका नेता शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यक रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि संविधान सुरक्षा, संविधानको भावनाअनुरूप कार्यान्वयन गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले संविधानको कार्यान्वयन गर्नका लागि धेरै नीति तथा कानून निर्माण गर्न बाँकी रहेकाले आवश्यक नीति र कानून बनाउनुपर्ने पनि बताए ।

उनले लोकतन्त्रको उन्नयनका लागि संविधान, कानुनका साथै नैतिक आचरणको विशेष महत्त्व रहेको र प्रतिनिधिसभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाको सबलीकरणका लागि विशेष काम हुने अपेक्षा गरेको पनि बताए ।

उनले भने , ‘‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो । यसका लागि नेपालको संविधान सुरक्षा, संविधानको भावनाअनुरूप कार्यान्वयन गर्न आवश्यक छ ।

संविधानको कार्यान्वयन गर्नका लागि धेरै नीति तथा कानून निर्माण गर्न बाँकी छ ।’’

‘‘संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि यस अनुरूपको आवश्यक नीति कानून बनाउनपर्छ ।

लोकतन्त्रको उन्नयनका लागि संविधान, कानुनका साथै नैतिक आचरणको विशेष महत्त्व हुन्छ । प्रतिनिधिसभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाको सबलीकरणको लागि विशेष काम हुन सकोस् ।’’ पूर्वप्रधानमन्त्री देउवाले संसद्लाई सम्बोधन गर्दै भने ।

नेता सभापति देउवाले आगामी पाँच वर्षमा जनताको विश्वासमा ठेस लाग्न नदिने प्रतिबद्धता पनि जनाए । उनले नेपाली कांग्रेसले जनताको अपेक्षा र पार्टीका कार्यकर्ताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता पनि जनाए ।

नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाइ दिनु हुँदै नेता देउवाले भने ‘‘माननीय पुष्पकमल दाहालजी प्रधानमन्त्री नियुक्त हुनु भएको छ। उहाँको नेतृत्वमा नयाँ मन्त्रिपरिषदको गठन भएको छ।

म नव नियुक्त प्रधानमन्त्री माननीय दाहालजीलाई हार्दिक बधाई दिन चाहन्छु। उहाँको कार्यकालको पूर्ण सफलताको हार्दिक शुभ कामना व्यक्त गर्दछु। मन्त्रिपरिषदमा नव नियुक्त माननीय मन्त्रीज्यूहरुलाई बधाईका साथै सफलताको शुभ कामना व्यक्त गर्दछु।’’


प्रकाशित मिति : २०७९ पुष २५, सोमबार ०९:४९

धेरै पढिएको

ताजा समाचार