एकीकृत समाजवादीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने


काठमाडौ, नेकपा एकीकृत समाजवादी पार्टीले पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ ।

विहान बसेको सचिवालय बैठकले दाहाल नेतृत्वको सरकारलाई ससर्त मत दिने निर्णय गरेको हो ।

सरकारलाई विश्वासको मत दिएर पार्टी प्रतिपक्षमा बस्ने उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

विश्वासको मत दिँदा केहि सर्त राखिने र सर्त पूरा नभएमा समर्थन फिर्ता लिने उनको भनाई छ । नेकपा एकीकृत समाजवादीसँग १० जना सांसद रहेका छन् ।


प्रकाशित मिति : २०७९ पुष २६, मंगलवार ०६:१३

धेरै पढिएको

ताजा समाचार