काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णयमा कांग्रेसका चार जना नेताले असहमति जनाएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले दाहाललाई विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा असहमति दर्ज गरेका हुन् ।
महामन्त्रीकका साथै नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले असहमति राखेका छन् ।
केन्द्रीय कार्यसम्पादन समितिका सदस्य बलबाहादुर केसीले चार जनाले सहमति दर्ज गरेको बताए । उनले भने, ‘कार्यसम्पादन समितिमा हाम्रो एजेण्डा दर्ज गरौं ।
विश्वासको मत दिने कुरामा हाम्रो असहमति रह्यो ।’ आफूहरुले व्यक्तिगत रुपमा सहमति राखेको केसीको भनाइ छ । उनले भने, ‘हामीले आ आफ्नो भाषामा आ-आफ्नो तरिकाले असहमति राख्यिौं ।’
गगन, विश्वप्रकाश र अर्जुननरसिंह केसी सांसदसमेत छन् ।