काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी ५ वर्षमा आर्थिक वृद्धिदर २ अंकको नजिक पुर्याउने संकल्प गरेका छन्।
प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले सो संकल्प गरेका हुन्। उनले अहिले आफूहरु आर्थिक अनुकुलतामा नरहेको समेत बताए।
‘हामी आर्थिक अनुकुलतामा छैनौं । लक्ष्य अनुसार राजश्व नउठ्दा वित्तिय प्रशासनको सबै चक्र समस्यामा छ,’ प्रधानमन्त्री दाहालले भने, ‘आगामी ५ वर्षमा आर्थिक वृद्धिदर २ अंकको नजिक पुर्याउने संकल्प संसदसामु व्यक्त गर्दछु। सबैको सहयोगको अपेक्षा पनि गर्छु।’
प्रधानमन्त्री दाहालले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा उज्यालो नेपाल अभियान संचालन गरेर लोडसेडिङलाई इतिहास बनाएको उल्लेख गरे।