रोष्टमबाटै देउवालाई ओलीको प्रश्न!तपाईँले होइन पटक/पटक संसद् विघटन गरेको ?


काठमाडौं, प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा छलफल भइरहेका बेला सत्ता गठबन्धनका प्रमुख नेता केपी ओली र विपक्षी नेता शेरबहादुर देउवाबीच सवाल जवाफ चलेको छ ।

देउवाले ओलीको अघिल्लो दिनको अभिव्यक्तिको विरोध गरे लगत्तै बोल्न रोष्टममा उभिएका ओलीले देउवालाई जवाफ दिएका हुन् ।

संसद् विघटनको पक्षमा ओलीले बोलेकोमा देउवाले प्रधानमन्त्रीमाथि प्रश्न उठाएका थिए ।

जवाफमा ओलीले भने, गुरुजी १ आफूले गरेका कुरा सम्झिनुस् । २०१७ सालमा मैले संसद् विघटन गरेको हो ? २०५१ मा मैले विघटन गरेको हो ? माननीय शेरबहादुरजीले २०५८ साल असारमा संसद् विघटन गरेर असोज १८ र माघ १९ मा पुगेको होइन ? यहाँले होइन पटकपटक संसद् विघटन गरेको ?


प्रकाशित मिति : २०७९ पुष २६, मंगलवार ०८:३७

धेरै पढिएको

ताजा समाचार