काठमाडौं, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । पुस २८ गते बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक माघ १५ गते बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मुख्य सचिव पौडेलका अनुसार बैठक माघ १५ गते आइतबार दिउँसो १ बजे बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थितिका लागि निर्देशन गरिएको छ ।
प्रकाशित मिति : २०७९ पुष २६, मंगलवार ०८:४९