प्रधानमन्त्री दाहाललाई ऐतिहासिक बहुमतसहित विश्वासको मत, विपक्षमा मात्र दुई मत


काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट ऐतिहासिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन् । उनले सदनमा उपस्थित सदस्य सङ्ख्याको दुई तिहाइभन्दा बढी मत प्राप्त गरेका छन् । सदनमा बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले मतविभाजनको नतिजा सार्वजनिक गर्दै नेपालको संविधान अनुसार प्रधानमन्त्री दाहालले सदनबाट विश्वासको मत प्राप्त गरेको घोषणा गरे । प्रधानमन्त्री दाहाललाई २६८ सदस्यको समर्थन रहेको छ । उनको विपक्षमा दुई मत परेको छ भने तस्थटमा शून्य मत छ । २०७९ मङ्सिर ४ गते सम्पन्न सङ्घीय निर्वाचनपछि पुस १० गते उनी प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेकपा एमालेका अध्यक्ष केपी  ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको पक्षमा मत दिने बताएका थिए । त्यसैगरी जनता समाजवादी पार्टी जसपाका सांसदद्वय अशोककुमार राई र सर्वेन्द्रनाथ शुक्ला, नेकपा ९एकीकृत समाजवादी० पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका सांसद अनिता देवी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष सन्जिता श्रेष्ठलेसमेत सरकारको पक्षमा रहेको जानकारी दिएका छ थिए । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने सरकारको विपक्षमा मतदान गरेका थिए । तीन जना स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डललेसमेत प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताए । प्रधानमन्त्रीलाई विश्वासको मतदान कार्यक्रममा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरा, सांसद मनोरमा शेरचन, किशोरसिंह राठौर र अम्बिका बस्नेत सहभागी भएनन । प्रतिनिधि सभामा कायम कुल सदस्य -२७५ प्रतिनिधि सभामा उपस्थित कुल सदस्य-२७० मतदानमा सहभागी सांसद सङ्ख्या-२७० मतदानमा विश्वासको पक्षमा परेको मत-२६८ मतदानमा विश्वासको विपक्षमा परेको मत-२ मतदानमा तटस्थ रहेको मत-शून्य


प्रकाशित मिति : २०७९ पुष २६, मंगलवार १२:२७

धेरै पढिएको

ताजा समाचार