चार वटै सुरक्षा निकायका प्रमुख लिएर प्रधानमन्त्री दाहाल गोरखा जाने


काठमाडौं, प्रधानमन्त्री बनेपछि पुष्पकमल दाहाल आज पहिलोपटक गोरखा जाँदैछन् । मंसिर ४ गते भएको चुनावमा गोरखाबाट चुनाव जितेका दाहाल प्रधानमन्त्री बनेपछि पहिलोपटक गोरखा जान लागेका हुन् ।

हरमटारी मैदानमा हुने गोरखा महोत्सवको प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने कार्यक्रम छ ।

दाहालको साथमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ पनि गोरखा जानेछन् ।

दिउँसो १२ देखि १ बजेको समयमा प्रधानमन्त्री चढेको हेलिकप्टरमार्फत आइपुग्ने प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जानकारी दिए ।

प्रधानमन्त्रीसहितका सुरक्षा प्रमुख आउने भएकाले गोरखामा मंगलवारदेखि नै सुरक्षा सतर्कता बढाइएको छ ।

बुधवार महोत्सव उद्घाटन कार्यक्रम हुने हरमटारी खेलकुद मैदान आसपास र सालिक निर्माण गरिएको आसपासको क्षेत्रमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।

प्रधानमन्त्री दाहालसहित चार वटै सुरक्षा निकायका प्रमुख पनि बुधवार गोरखामा जाँदैछन् ।

३०१ औँ पृथ्वी जयन्तीको अवसरमा सदरमुकामको ठूलो आँगनमा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण तथा ‘राष्ट्र निर्माता सलामी’ शुभारम्भ गर्न नेपाली सेनाका प्रमुख प्रभुराम शर्मा पनि गोरखा जाँदैछन् ।

उनका साथमा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एवम् मुख्य अनुसन्धान निर्देशक हुत्तराज थापा पनि सहभागी पनि गोरखा जाँदैछन् ।


प्रकाशित मिति : २०७९ पुष २७, बुधबार ०२:३३

धेरै पढिएको

ताजा समाचार