कांँग्रेसले लगायो आफना सांसदहरूलाई माघ ९ सम्म काठमाडौं नछाड्न ह्विप


काठमाडौ, नेपाली कांग्रेसले आगामी माघ ९ गतेसम्म प्रतिनिधिसभा सदस्यहरूलाई काठमाडौं नछाड्न ह्विप लगाएको छ। बदलिँदो राजनीतिक परिस्थितिका कारण सांसदहरूसँग जुनसुकै बेलामा पनि छलफल गर्नपर्ने भएकाले बिना जानकारी काठमाडौं नछाड्न कांग्रेसले सांसदहरूलाई ह्विप लगाएको हो। बदलिँदो राजनीतिक परिस्थिती, सरकारले संसदमा लिएके विश्वाशको मत, सभामुख–उपसभामुखको निर्वाचन लगायत कारण सांसदहरूलाई काठमाडौं नछाड्न ह्विप लगाइएको प्रतिनिधिसभा सदस्य तथा कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार (२६ पुस) मा संघीय संसदको प्रतिनिधिसभाबाट असाधारण विश्वासको मत पाएका छन्। प्रतिपक्षमा बस्नेगरी कांग्रेसले पनि दाहाललाई विश्वासको मत दिएको छ। दाहाललाई विश्वासको मत दिनेबारे कांग्रेसमा दुई धार देखिएको थियो। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जना सांसदहरुले दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिनेबारे असहमति दर्ज गरेका थिए। सभामुख निर्वाचन मिति माघ ३ गते सूचना टाँस गरी तोक्न प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद सचिवालयलाई निर्देशन दिएका छन् भने माघ ५ गतेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ। सोही दिन सभामुखको निर्वाचन हुने छ। त्यस्तै ९ माघसम्म उपसभामुखको निर्वाचन गराउने तयारी छ।


प्रकाशित मिति : २०७९ पुष २७, बुधबार ०३:१६

धेरै पढिएको

ताजा समाचार