प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता


काठमाडौ, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् ।

उनले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् ।

भेटवार्तामा संघीयताको मर्मअनुसार काम गर्नेबारे कुराकानी भएको मुख्यमन्त्री अधिकारीले जानकारी दिए ।

एमाले नेता अधिकारी २५ पुसमा गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले २९ गते विश्वासको मत लिँदैछन् । त्यसअघि अधिकारीले प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् ।

उनी एमाले, माओवादी केन्द्र, राप्रपा र राजीव गुरुङ दीपक मनाङे सहित ३३ जनाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

६० सिट संख्या रहेको गण्डकी प्रदेशमा बहुमत पुर्‍याउन ३१ सिट आवश्यक पर्छ ।


प्रकाशित मिति : २०७९ पुष २७, बुधबार ०५:३४

धेरै पढिएको

ताजा समाचार