एमालेका गिरी आज लुम्बिनीको मुख्यमन्त्री बन्दै


काठमाडौ, नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले आज लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्दैछन् । उनले ५५ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गर्न लागेका हुन् । प्रदेश प्रमुख शेरचनले आज साँझ ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका छन् । लुम्बिनीमा ८७ जना प्रदेश सांसद छन् । जसमा सरकार गठनका लागि ४४ जना सांसद आवश्यकता पर्छ ।


प्रकाशित मिति : २०७९ पुष २७, बुधबार ०६:२४

धेरै पढिएको

ताजा समाचार