कैलाली, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमालेका राजेन्द्रसिंह रावलले आज प्रदेश प्रमुख देवराज जोशी समक्ष दाबी पेस गर्दैछन् ।
उनले आज दिउँसो दाबी पेस गर्ने भएका हुन् ।
केन्द्रमा सत्ता साझेदार दलका शीर्ष नेताबिच भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेशमा एमाले र नेकपा माओवादी केन्द्रले आलोपालो गरेर सरकार चलाउने छन् ।
अढाई वर्ष एमालेका रावल र अढाई वर्ष माओवादी केन्द्रका खगराज भट्ट मुख्यमन्त्री बन्ने सहमति छ ।
प्रदेश प्रमुख जोशीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आज ५ बजेसम्मको समय सीमा दिएका छन् ।
प्रदेशसभामा नेकपा माओवादी केन्द्र बाट ११, नेकपा एमाले बाट १०, नागरिक उन्मुक्ति पार्टीबाट सात र राप्रपाबाट एक जना प्रदेशसभा सदस्यको प्रतिनिधित्व रहेको छ ।